७ कार्तिक २०८३, शनिबार

काठमाडौँ उपत्यकामा थपिए ३२६ कोरोना संक्रमित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ उपत्यकामा थपिए ३२६ कोरोना संक्रमित काठमाडौँ, २२ भदौ । काठमाडौँ उपत्यकामा थप ३ सय २६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा २ सय ९३, ललितपुरमा २० र भक्तपुरमा १३ गरी उपत्यकामा ३ सय २६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उपत्यकामा आइतबार ३ सय ५४ जनामा संक्रमण देखिएको थियो ।

देशभर सोमबार थप ९ सय ७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ३ सय जनाको मृत्यु भइसकेको छ ।