७ कार्तिक २०८३, शनिबार

बाघको छाला र हड्डीसहित २ जना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बझाङ, २२ भदौ । बुङगल नगरपालिका ३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका(६ बड्डीज्याबन बस्ने २७ वर्षीय हरजित बोहरा र सोही ठाउँ बस्ने २३ वर्षीय बिरेन्द्र बोहरा रहेका छन् ।

सुदुर पश्चिम प्रदेश प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उक्त छाला र हड्डी फेला पारेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।