७ कार्तिक २०८३, शनिबार

पुल्चोकमा रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना पुष्टि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ भदौ । ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ परेका १९ जनामध्ये ६ जनाको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । म्याद थप्न लैजाने क्रममा प्रहरीले परीक्षण गराउँदा उनीहरुको आज आएको रिपोर्टमा संक्रमण देखिएको हो ।

संक्रमितहरुलाई छुट्टै राखिएको प्रहरीले जनाएको छ ।

रथ तान्ने क्रममा झडप हुँदा केही घाइते भएका थिए भने ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट हुँदा घाइते भएका थिए ।