
काठमाडौँ, २१ भदौ । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले नेपालमै सबैभन्दा सस्तो दरमा पीसीआर परीक्षण गर्ने भएको छ ।
केएमसीले सरकारले तोकेको भन्दा १ हजार ९ सय १ रुपैयाँ कम शुल्कमै पीसीआर गर्ने अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिए ।
सरकारले अहिले कोरोना परीक्षणका लागि पीसीआर परीक्षण शुल्क ४ हजार ४ सय तोकेको छ । तर, केएमसीले एकै पटकमा २० वटा स्वाब परीक्षण गराउँने संघ सस्थालाई २ हजार ४ सय ९९ र सर्वसाधरणका लागि २ हजार ५ सय ९९ मै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएको हो ।
अध्यक्ष शर्माका अनुसार नेपालमै सस्तो दरमा अस्पतालले कोरोना परीक्षण गरिदिएर सरकारलाई सहयोग गरेको हो ।
साउन १ गतेदेखि केएमसीले पीसीआर परीक्षण गर्न थालेको हो । डा. शर्मा भदौ १५ गते अस्पतालको अध्यक्षको रुपमा नियुक्ति भएका हुन् ।















प्रतिक्रिया