७ कार्तिक २०८३, शनिबार

१८ वर्षीया किशोरीमाथि करणी गरेको अभियोगमा पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कास्की, २१ भदौ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पोखरा महानगरपालिका २० भलाम बस्ने ट्याक्सी चालक ३५ वर्षीय गणेश खत्रीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

शनिबार बिहान स्थानीय जंगलको बाटोमा एक्लै हिँडिरहेको अबस्थामा डर, धाकधम्की देखाई ती किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

उनी उपर जबरजस्ती करणी उद्योग सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।