
काठमाडौँ, २१ भदौ । सुन खरिद गर्ने बहानामा नगद १३ लाख ५० हजार रुपैयाँ जबरजस्ती चोरी गरेको अभियोगमा ५ जनालाई शुक्रबार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा टोखा नगरपालिका ७ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भएका ३२ वर्षीय बिष्णु थापा, काठमाडौँ गोकर्णेश्वर नगरपालिका ८ माकालबारी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ घर भएका २७ वर्षीय मेघ बहादुर तामाङ, भक्तपुर मध्यपुर ठिमी नगरपालिका(९ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका २ घर भएका २८ वर्षीय
रुगेन लामा (गोले), बुढानिलकण्ठ नगरपालिका १० कपन बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका ५ घर भएका २३ वर्षीय आकाश स्याङबो र सर्लाही हरिबन नगरपालिका ५ घर भएका २२ वर्षीय बिशाल लामा रहेका छन् ।
बिहीबार बेलुका काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी बस्ने उदयपुर चौदण्डी नगरपालिका ४ घर भएका ३७ वर्षीय निराहाङ राईलाई सुन खरिद गर्ने बहाना बनाई बुढानिलकण्ठ नगरपालिका ११ आनीगुम्बा कपनस्थित सडकमा बोलाई अपरिचित ४ जनाले उक्त रकम जबरजस्ती चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद ८ लाख ७ हजार रुपैयाँ, बा.२४ प २८६७ र प्रदेश नम्बर ३-०२-०१३ प ३३८० नम्बरको मोटरसाइकल, ४ थान मोबाइल र ५ थान सिम समेत प्रहरीले बरामद गरेको छ ।
रानीपोखरी प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।















प्रतिक्रिया