७ कार्तिक २०८३, शनिबार

पर्यटनमन्त्री भट्टराईले एसिड पीडित मुस्कानलाई गरे ५० हजार सहयोग

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ भ्दौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एसीड पीडित बालिका मुस्कान खातुनलाई ५० हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।

भट्टराईले जन्म दिनको उपलक्ष्यमा खातुनलाई नगद सहयोग प्रदान गरेका भट्टराईको सचिवालयले जनाएको छ ।

खातुनको अहिले पनि उपचार जारी रहेको छ । मन्त्री भट्टराईले मुस्कानलाई पढेर डाक्टर बन्ने शुभकामना पनि दिए । आफूले दिएको रकम बैंकमा जम्मा गरेर डाक्टर पढ्दा प्रयोग गर्न भट्टराईले सुझाव दिए ।

त्यस्तै, खातुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शिक्षाको व्यवस्था मिलाउने बताएका थिए ।

मन्त्री भट्टराईले वि.सं. २०७२ देखि आफ्ना जन्म दिनमा असहाय, पीडितलाई सहयोग गर्दै आएका उनको सचिवालयले जनाएको छ ।