७ कार्तिक २०८३, शनिबार

थप ९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २८० पुग्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २० भदौ । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ ।

शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ महिलासहित ९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

मृत्यु हुनेमा मोरङ, मकवानपुर र नवलपरासीका महिला रहेका छन् । एक एक जना महिला रहेका छन् । त्यस्तै, काठमाडौँका ३ जना, पर्सा र महोत्तरी र रुपन्देहीका पुरुषको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

शनिबार देशभर थप १ हजार ४१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १ हजार ५ सय ६६ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।