
काठमाडौँ, २० भदौ । नेपालमा थप १ हजार ५ सय ६६ जनाले कोरोना जितेका छन् ।
शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ६६ जना निको भएर डिस्चार्ज भएको जानकारी दिए ।
२४ घण्टामा निको हुनेको संख्या यो हालसम्मकै उच्च हो । योसहित निको हुनेको संख्या २७ हजार १ सय २७ जना पुगेको छ ।
त्यस्तै, शनिबार थप १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४५ हजार २ सय ७७ जना पुगेको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ८० जना पुगेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया