
काठमाडौँ, २० भदौ । नेपालमा थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ सय ४९ महिला र ६ सय ९२ पुरुष गरी थप १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या ४५ हजार २ सय ७७ जना पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ हजार ५ सय ६६ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या २७ हजार १ सय २७ जना पुगेको छ ।
हाल देशभर १७ हजार ८ सय ७० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण भएको थियो ।















प्रतिक्रिया