७ कार्तिक २०८३, शनिबार

प्रदेश २ मा थप १६९ जनामा कोरोना पुष्टि, २ को मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ भदौ । प्रदेश नम्बर २ मा शुक्रबार थप १ सय ६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ९८ जना पुगेको छ भने संक्रमितको संख्या १० हजार ९ सय ७७ भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृत्यु हुनेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ स्थित रमदैयामा बस्दै आएका ६२ वर्षीय भारतीय पुरुष र सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ७ बस्ने ४८ वर्षीय पुरुष रहेका छन् ।

निर्देशनालयका अनुसार कोरोना संक्रमणबाट प्रदेश नम्बर २ मा १६ महिला र ८२ पुरुष गरि ९८ जनाको मृत्यु भईसकेको छ ।

यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३६, बारामा १५, धनुषामा १३, महोत्तरीमा १०, सिरहामा ८, सप्तरीमा ८, रौतहटमा ५ र सर्लाहीमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको जनाइएको छ ।

त्यस्तै, यस प्रदेशमा पछिल्लो २४ घण्टामा ३७ महिलासहित १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार महोत्तरीका ४३, सप्तरीका ३५, धनुषाका ३४, पर्साका २६, बाराका १९, सिरहाका १०, सर्लाहीका १ र रौतहटका १ जना संक्रमित भएका छन् ।