
काठमाडौँ, १९ भदौ । ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथयात्रा तान्ने क्रममा झडप हुँदा पत्रकारको ज्याकेट लगाएर प्रहरीमाथि ढुंगा हान्ने पक्राउ परेका छन् ।
घटनामा संलग्न युवक महालक्ष्मी नगरपालिका १ का २१ वर्षीय अनिश महर्जनलाई प्रहरीले शुक्रबार इमाडोलबाट पक्राउ गरेको हो ।
अपराध महाशाखाको टोलीले महर्जनलाई पक्राउ गरेको हो । उनी पत्रकार नभएको महाशाखाले जनाएको छ । बिहीबारको प्रहरीसँगको झडप प्रकरणमा संलग्न १३ जना पक्राउ परिसकेका छन् ।
निषेधाज्ञा र महामारीका बीच सरकारको निर्देशनलाई उल्लंघन गर्दै रातो मत्स्येन्द्रनाथको रथयात्रा तान्ने क्रममा प्रहरीसँग झडप भएपछि आक्रोशित भीडले प्रहरीमाथि पनि कुटपिट गरेका थिए ।















प्रतिक्रिया