
काठमाडौँ, १९ भदौ । नेपालमा गत थप २४ घण्टामा थप १ हजार ३ सय ५४ जनाले कोरोना जितेका छन् ।
शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ५४ जना संक्रमण मुक्त भएको जानकारी दिए ।
योसहित निको हुनेको संख्या २५ हजार ५ सय ६१ जना पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ४४ हजार २ सय ३६ जना पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या २ सय ७१ जना पुगेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया