७ कार्तिक २०८३, शनिबार

एकैदिन १३ सय ५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४ हजार २३६ पुग्यो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ भदौ । नेपालमा थप १ हजार ३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ४ सय ६४ महिला र ८ सय ९५ पुरुष गरी थप १ हजार ३ सय ५९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै संक्रमितको संख्या ४४ हजार २ सय ३६ जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ हजार ३ सय ५४ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या २५ हजार ५ सय ६१ जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या २ सय ७१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर १८ हजार ४ सय ४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण भएको थियो ।