
काठमाडौँ, १९ भदौ । धादिङमा एक जना युवकले खुर्पाले हानेर हत्या गरी आफैँ प्रहरी कार्यालय पुगेका छन् ।
बिहीबार राती सवा १ बजे निलकण्ठ नगरपालिका १३, खलचेतका २६ वर्षीय युवक राजु परियार आफूले मान्छे मारेर आएको भन्दै जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
झोलामा रगत लतपतिएको देखिएपछि प्रहरी निरीक्षक सरोज राईले हेर्दा झोलामा मानिसको टाउको रहेको देखियो ।
जिल्ला प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा सामान्य विवाद हुँदा स्थानीय ६५ वर्षीय सोमबहादुर गुरुङको खुर्पाले हानेर हत्या गरेर परियार आफैँ प्रहरी कहाँ आत्मसमर्पण गर्न पुगेका हुन् । उनले झोलामा टाउको समेत बोकेर प्रहरी समक्ष पुगेका थिए ।
परियार रातको समयमा हिँडेरै जिल्ला प्रहरी कार्यालय पुगेको बताइएको छ ।















प्रतिक्रिया