जनकपुरधाम, १९ भदाै । धनुषा जिल्लामा एक जना भारतीय नागरिककाे मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतको आन्ध्रप्रदेशको विशाखापटनम घर भई धनुषामा बस्दै आएका ६५ वर्षीय पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी गणेश मिश्रले जानकारी दिएका छन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ रमदैया स्थित लोमस प्यारेन्टेरल एण्ड फोरमुलेसन प्रालिमा विगत ४ वर्षदेखि जेनेरल म्यानेजरको रुपमा कार्यरत्त पुरुषको कम्पनीकै आवशगृहमा बिहीबार बिहान मृत अवस्थामा शव फेला परेको थियो ।















प्रतिक्रिया