नगराईन, १९ भदाै । धनुषा जिल्लामा प्रहरीले भारत तस्करी हुँदै गरेकाे हरियाे मटर, साेफी रक्सी बरामद गरेकाे छ ।
नगराईन नगरपालिका-९ स्थित जटही चोकबाट अवैध रुपमा भन्सार छली भारततर्फ लैजाँदै गरेको प्रतिबोरा २५ केजीका दरले २१ बोरा हरियो मटर, ५४ कार्टुन सोफी मदिरा र ४ वटा मोटरसाइकलसहित भारत मधुवनी बस्ने २१ वर्षीय सन्तोषकुमार महतो समेत ७ जनालाई बिहीबार बिहान पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त सामानहरू र मोटरसाइकलसहित फेला पारी पक्राउ गरको थियाे ।















प्रतिक्रिया