
काठमाडौँ, १८ भदौ । भदौ १६ मा नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान पुनः संचालन गर्ने निर्णय गरे पश्चात हिमालय एअरलाइन्स्ले सहजैे पि.सी.आर.उपलब्ध गन्तव्यहरु -छोइछिङ, क्वालालम्पुर र आबुधावीको उडानहरु संचालन गर्न अनुमति प्राप्त गरेको छ ।
पि.सी.आर. परिक्षणको उपलब्धता कठिन भएका अन्य उडान वृत्तखण्डहरुमा सरकारको निर्णय अनुरुप नैे चार्टर उडान मार्फत नेपालीहरुलाई स्वदेश फिर्ता गर्ने कार्य सुचारु रहनेछन् ।
उद्धार चार्टर उडान र भाडादर

विदेशमा अलपत्र रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन उद्घार उडानहरुको लागि देहायका सरकारद्धारा स्वीकृत भाडादर लागू हुनेछन् । यी भाडाहरु कर र एजेन्सी कमिशन सहितको हो ।
तसर्थ, यात्रुहरुलाई प्रकाशित भाडा मात्रतिर्न तथा कसैबाट कुनै प्रकारको अतिरिक्त भाडाको माग भएको अवस्थामा तुरुन्त एअरलाइन्स्लाई जानकारी गराउनु हुन अनुरोध छ । कुनै ट्राभल एजेन्सीले प्रकाशित भाडादर भन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिनेछ ।
नियमित उडान र भाडादर

नियमित उडानहरुका लागि उपलब्ध सीटहरु ग्लोबल ड्रिस्ट्रीब्युसन सिस्टम (जी. डी. एस.)बाट बुक गर्न सकिनेछ । ट्राभल एजेन्सीहरुले ग्लोबल ड्रिस्ट्रीब्युसन सिस्टम (जी. डी. एस.) बाट सीटहरु बुक गर्न सक्नेछन् ।
नियमित उडानको भाडादर प्रतिस्पर्धी मूल्य निर्धारण, उडान अर्थशास्त्र र बजार स्थितिको अध्ययनका साथ अन्तर्राष्ट्रिय अभ्यासमा आधारित रहेको छ ।
नियमित उडानको भाडादर तल दिइएको तालिकामा उपलब्ध छन् । यी दिइएका भाडादर सम्पूर्ण कर सहितको छ तर यसमा एजेन्सी सेवाशुल्क समावेश गरिएको छैन् । ट्राभल एजेन्सीले उपयुतm सेवालागू गर्न सक्दछ ।
“कोभिड- १९ को रोेकथामका लागि सामुहिक लडाईमा हिमालय एअरलाइन्स्ले विभिन्न क्रियाकलापहरु ( जस्तै नागरिकहरुको स्वदेश फिर्ता, कोभिड – १९ को उपचारका लागि स्वास्थ्य उपकरण तथा औषधीको ढुवानी गरी नागरिक र सरकारलाई सहयोग गरेको छ । आफ्ना अमुल्य यात्रुहरुलाई सेवा प्रदान गर्ने क्रममा सरकारको निर्देशन पालना गर्दै उडान भाडादर उपयुतm राख्ने निरन्तर प्रयास रहनेछ” हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले भने ।
गतमार्च २०२० कोे अन्तिम हप्तादेखि कोभिड – १९ को रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको थियो । तथापि विदेशमा रहेका नेपालीहरुलाई चार्टर उडान मार्फत स्वदेश ल्याउने कार्यलाई भने अनुमतिजारी गरेको थियो। यस अवधिमाजुन १६ देखि अगष्ट ३१, २०२० सम्म ९४ वटाउद्घार उडान मार्फत १५,६३५ यात्रुहरुलाई नेपालफिर्ता ल्याएको छ ।
कोभिड – १९ महामारीको कारणले भएको बन्दाबन्दीले ५ महिना पछि हिमालय एयरलाइन्स्ले दुवै देशको सुरक्षाप्रोटोकल अनुसरण गर्दै हिजोदेखि आफ्नो उडान तालिकापुनः सुचारु गरेको छ ।
हिमालय एअरलाइन्स् प्रा.लि.को बारेमा
नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स्, अन्तर्राष्ट्रिय उडान सेवाउपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो ।
‘हिमालय’शब्दले नेपालको पहाडहरुलाई संकेत गर्दछ, जुन देशको नाम उँचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एअरलाइन्स् उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आकांक्षा राख्दछ ।
सुरक्षा, भरपर्दाे सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्स्ले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ ।
एउटा विमान र एउटा गन्तव्यबाट संचालन सुरु गरेको एअरलाइन्स्ले छोटो अन्तरालमै आफ्नो स्वामित्वमा चारवटा जहाज कायम गर्न र सातवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ ।
एअरलाइन्स्ले आफ्नो पहिलो उडान मे ३१, २०१६ माकतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एशियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको छ जस्तैः युएई, मलेशिया, साउदी अरेबिया, बंगलादेश र चीन ।
अहिले हिमालय एअरलाइन्स्ले अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ्गर छोड्ंछि उडान सेवाभर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जालविस्तार गरेर साउदी अरेबिया र नेपालजोड्ने हिमालय एअरलाइन्स् एक मात्र एअरलाइन्स्हो र हालचीनमा उडान भर्ने पनि एक मात्र नेपाली एअरलाइन्स् हो ।
हिमालय एअरलाइन्स्ले अहिले ८ बिजनेस क्लास र १५० इकोनोमीक्लास सीट भएकातीन ए३२०–२१४ सिरिज र ८ बिजनेस क्लास र १२० इकोनोमीक्लास सीट भएको एक ए३१९–११५ एअरक्राफ्टले सेवाउपलब्ध गराउँदै आएको छ । एअरलाइन्स्को निकट भविष्यमाल्हासा उडान सुरु गर्ने योजना छ ।
व्यावसायिक रुपमा संचालन सुरु गरेको एक बर्षमै हिमालय एअरलाइन्स्ले सन् २०१७मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स् इन साउथ एशिया’अन्तर्राष्ट्रिय अवार्ड सम्मानप्राप्त गरेको थियो ।
हिमालय एअरलाइन्स् उत्कृष्टता प्राप्तगर्न र उड्डयन क्षेत्रमाउच्च वृद्धि गर्न निरन्तर गुणस्तरीय सेवाको विकास र सञ्जालविस्तार गर्न अथकप्रयासमालागि परेको छ ।
हिमालय एअरलाइन्स्को परिवार बहुसांस्कृतिक र विविध पृष्ठभूमिबाट गठन भएको छ र ‘अतिथि देवो भवः’ग्राहक नै भगवानभन्ने बर्षौं पुरानो परम्परालाई मनन् गर्दै विशुद्ध नेपाली सत्कारसहितउच्च गुणस्तरीय ग्राहक सेवाउपलब्ध गराउन प्रतिबद्ध छ ।















प्रतिक्रिया