७ कार्तिक २०८३, शनिबार

महामारी र निषेधाज्ञाबीच कसरी भयो रातो मत्स्येन्द्रनाथको रथ यात्रा ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ भदौ । निषेधाज्ञा तोडेर स्थानीयले स्वतस्फूर्त रुपमा रातो मत्स्येन्द्रनाथको रथ तान्न बिहीबार पुल्चोकमा सयौँको संख्यामा भीड भएपछि प्रहरीसँग झडप भयो ।

प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास र पानीको फोहोरा हान्यो । प्रहरीसँग आक्रोसित भीडले ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गर्यो ।

काठमाडौँ उपत्यकाका निम्ती सम्पदा, संस्किृति र परम्पराको धरोहर जात्रा किन यति हिंसात्मक हुन पुग्यो त ? के यो पूर्वनिर्धारित कार्य थियो ?

आज भएको घटनाको विरोध गर्दै कतिले कोरोना संक्रमणको दर बढ्ने चिन्ता व्यक्त गरेका छन् भने कतिले भने लामो समयको लकडाउनका कारण मानिसहरुको आक्रोश बढेर यस्तो भएको बताएका छन् ।

यद्यपि रथ तान्न सामेल केही मानिसहरुका अनुसार यो कार्यक्रम कसैबाट निर्देशित वा पूर्वनिर्धारित थिएन । बरु एक दुई गर्दै स्वत मानिसहरु भेला भएर रथ तान्न् थालिएको बताइएको छ ।

कोरोना संक्रमणको डरकै बाबजुद किन मानिसहरु यति भीड बनाएर बाहिर निस्के त ? के उनीहरुमा चाँहि संक्रमणको डर नै थिएन त ? उक्त कार्यक्रममा सहभागी भएकाहरु बताउँछन् डर नभएर होइन, एक दुईको संख्यामा भीड बढ्न थालेपछि स्वत सामेल भइएको हो ।

महामारी र निषेधाज्ञाबीच पनि बिहीबार रथ तान्ने कार्यक्रम आयोजना हुनुको कारण चाँही गुठी संस्थान, स्थानीय सरकार र जात्रा व्यवस्थापन समूहबीच समयमै तालमेल नभएर देखिन्छ ।

रातो मच्छिन्द्रनाथको रथ निर्माण गर्ने साइत चैत २७ गते परेको थियो । तर, कोरोना महामारीका कारण रथ बन्न सकेको थिएन। यसले जात्रा होला कि नहोला भन्ने अन्यौल नै थियो ।

यसैबीच असार १० गते लकडाउन खुकुलो भएका बेला गुठी संस्थानले रथ बनाउन अनुमति दियो । गुठियारहरुले रथ निर्माण गर्न थालेपनि कहिले कसरी कार्यक्रम गर्ने भन्ने निश्चित भने थिएन ।

समयमै सम्बन्धित निकाय तथा संस्थाहरुबीच छलफल, परामर्श हुँदा यसको केही ठोस निचोड जरुर निस्किने थियो ।

रातो मच्छिन्द्रनाथको ठूलो सांस्कृतिक र परम्परागत महत्व रहेको छ । यद्यपि यो महामारीलाई ध्यानमा राखेर उचित समयमा गरिनुपर्थ्यो ।

त्यस्तै, मानवीय मूल्य र मान्यतालाई बढावा दिएर यस्ता कार्यक्रमलाई थप बलियो बनाउन आवश्यक हुन्छ नकि घृणा तथा अराजकता फैलाउने किसिमले होइन ।