काठमाडौँ, १८ भदौ । रौतहटमा प्रहरी हिरासतमा विजय रामको मृत्युको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय गरुडा अगाडी भएको प्रदर्शनमा ४ प्रहरी र २ प्रदर्शनकारी महिला घाइते भएका हुन् ।
प्रहरी कार्यलयमा प्रदर्शनकारी ढुंगा हानेपछि प्रहरीले ६ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो भने लाठी चार्ज पनि गरेको थियो । घाइतेको स्थानीय क्लिनिकमा उपचार भइरहेको र हाल उनीहरुको अवस्था पनि सामान्य रहेको बताइएको छ ।
हिरासतमा थुनुवाको मृत्यु भएपछि बिहीबार रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काको हेडक्वार्टर सरुवा गरिएको छ ।















प्रतिक्रिया