७ कार्तिक २०८३, शनिबार

३४ जिल्लामा पूर्ण र ९ जिल्लामा आंशिक निषेधाज्ञा जारी

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ भदौ । कोरोनाभाइरस संक्रमण बढेको भन्दै देशभरका ३४ जिल्लामा पूर्ण र ९ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीहरुले जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा जारी गरेका हुन् ।

गृह मन्त्रालयले पूर्ण निषेधाज्ञा गरिएका जिल्लाहरुमा सप्तरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, चितवन, दोलाखा, सिन्धुपाल्चोक, सिरहा, मोरङ, रुपन्देही, आर्धाखाँची, स्याङजा, पाल्पा, रामेछाप, कैलाली, प्युठान, दैलेख, कञ्चनपुर, तेह्थुम, संखुवासभा, बैतडी, कपिलवस्तु, बर्दीया, डोटी, दाङ, बझाङ र बागलुङ रहेको जनाएको छ ।

त्यस्तै आंशिक निषेधाज्ञा गरिएका जिल्लाहरुमा नुवाकोट, जुम्ला, झापा, मकवानपुर, धादिङ, तनहुँ, रुकुम पश्चिम, लमजुङ र दैलेख रहेको गृह मन्त्रालयले जनाएको छ ।

देशभर बिहीबार थप १ हजार २२८ कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।