७ कार्तिक २०८३, शनिबार

निर्घात कुटिएका प्रहरी जवान घिमिरे भन्छन् : हेल्मेट नभए म मर्ने थिएँ

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ भदौ । ट्राफिक प्रहरी प्रभाग मंगलबजारमा कार्यरत् प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि बिहीबार केही युवाहरुले निर्घात कुटपिट गरेका छन् ।

रातो मच्छिन्द्रनाथको रथ ल्याउनेहरूको भीडभाड नियन्त्रण गर्ने क्रममा प्रहरीसँग झडप भएपछि प्रहरी जवान घिमिरेमाथि खेदाइ कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

ड्युटीमा खटिएका उनीमाथि लछारपछार पार्दै निर्घात भएको हो ।

हाल जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत् घिमिरेले भने, मोटरसाइकलमा जाँदै गरेका उनलाई ८ १० जनाको युवाहरुले खेदाएर कुटे ।

उनी चढेको बा २ झ ७२४२ नम्बरको मोटरसाइकल त्यही पल्टियो। मोटरसाइकलको अवस्था के छ थाहा छैन ।

उनको टाउकोबाट हेल्मेट फुत्केन । ती ८ १० जनामध्ये कसैले इँट्टाले हेल्मेटमाथि, कसैले जीउमा मुक्का, लात्ती प्रहार गरेका थिए ।

हेल्मेट फुस्किएको भए आफू मर्ने बताउँछन् घिमिरे ।

आफूलाई त्यहीँ बीचबाट कोही जोगाउने समूह पनि भेटिएको आफ्नो ज्यान नगएको घिमिरेको भनाइ छ ।

त्यहीँ केही व्यक्तिहरुको सहयोग भाग्न लाग्दा पुनः प्रहरीहरुसँग पुग्नै लाग्दा पनि उनी ढलेको भिडियोमा देख्न सकिन्छ ।

उनको अल्का अस्पतालमा उपचार भइरहेको छ । टाउकोको सीटीस्क्यानको रिपोर्ट भने सामान्य देखिएपनि बिहीबार अस्पतालमै बस्न चिकित्सकले उनलाई सुझाद दिएका छन् ।

निषेधाज्ञाको बेलामा मत्स्येन्द्रनाथको रत्र यात्रा आयोजना गरिएपछि प्रहरीले भीड नियन्त्रण गर्ने प्रयास गर्दा उनीहरु प्रहरीमाथि जाइलागेका थिए । त्यही भीडमा फसेकाले प्रहरी जवान घिमिरे कुटिएका हुन् ।

महानगरीय ट्राफिक महाशाखाले प्रहरीमाथि कुटपिट गर्नेहरूको पहिचान गरिरहेको जनाएको छ । महाशाखाले दोषीमाथि कारवाही हुने बताएका छन् ।