७ कार्तिक २०८३, शनिबार

अर्थमन्त्री खतिवडा सरकारबाट बाहिरिने लगभग पक्का

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ भदौ । सत्तारुढ नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने भएपछि अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट बाहिरिने करिब निश्चित भएको छ ।

२०७४ साल फागुन १४ गते अर्थमन्त्रीको सपथ लिएका खतिवडा २ वर्ष राष्ट्रियसभाका सदस्य मनोनित भएका थिए । उनको गत फागुन २० गते कार्यकाल सकिएको थियो ।

पद सकिए पनि ६ महिनासम्म रहन सक्ने संविधानको धारा ७८ को व्यवस्थाअनुसार खतिवडाले फागुन २१ गते पुनर्नियुक्ति पाएका थिए ।

यसरी अब उनको समय यही भदौ २० गते सकिँदैछ । यद्यपि सरकारले अर्थमन्त्री कसलाई बनाउने भनेर निर्णय भने गरिसकेको छैन ।