७ कार्तिक २०८३, शनिबार

बागलुङ पहिरोमा ज्यान गुमाउनेको संख्या १२ पुग्यो, २९ जना अझै बेपत्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ भदौ । बागलुङको पहिरोमा ज्यान गुमाउनेको संख्या १२ जना पुगेको छ ।

ढोरपाटन नगरपालिका ९ भुसुन्डे, दुनेपोखरा, लाकुरीबोटमा वुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ भने २९ जना अझै बेपत्ता छन् ।

मृतकमध्ये ११ को सनाखत हुन सकेको छैन । कतिपय शवहरु चिन्नै नसकिने अवस्था छन् । मृतकमा महिला र बालबालिका बढी छन् ।

पहिरोमा बेपत्ता हुनेहरुमा ढोरपाटन नगरपालिका ९ का २२ वर्षीय जीवन विक, २३ वर्षीय नारायण विक, उनकी श्रीमती २० वर्षीया टेकमाया विक, उनकै १ वर्षीया नाबालिका छोरी, १५ वर्षीया मनिसा विक, २८ वर्षीय शनि विक, उनकै १० वर्षीया छोरा रोशन विक, उनकै ५ वर्षीय छोरा रवि विक, नाम नखुलेको १५ दिने शिशु र २५ वर्षीय मनकुमारी विक छन् ।

त्यस्तै, २६ वर्षीय केशमाया विक, २९ वर्षीय प्रेम पुन, २० वर्षीया कुमारी विक, १५ वर्षीय समुन्द्र विक, १२ वर्षीया पुनम विक, ३० वर्षीय जीतबहादुर घर्ती, ४३ वर्षीय राजु घर्ती, ३५ वर्षीया करमती बुढा, ३६ वर्षीया रिनाकुमारी घर्ती, २० वर्षीया दिलमाया पुन, उनकै ३ वर्षीया छोरी प्रकृती पुन, ६१ वर्षीया डोटी पुन, ३६ वर्षीय हेमबहादुर विक, उनकै ३४ वर्षीया श्रीमती उजेली विक, उनकै ८ वर्षीय छोरा दलु विक, उनकै १० महिने नाम नखुलेका छोरा, ४१ वर्षीय करबहादुर विक, ३७ वर्षीया हस्तमाया विक, ६० वर्षीया तुलमती घर्ती, ५५ वर्षीया कौशिला पुन, उनकै २० वर्षीया छोरा विशाल पुन, २६ वर्षीया धनमाया विक, नाम नखुलेका ३ वर्षीया बालक, वीरे विकको श्रीमतीसहित ४ जनाको परिवार, बागलुङ गलकोट नगरपालिका ४ घर भइ ढोरपाटन घुम्न गएका २४ वर्षीय नविन भण्डारी र बागलुङ ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने नामथर र वर्ष नखुलेका अन्य ३ जना छन् ।

प्रहरीका अनुसार ३१ घर भत्केको, १ लाकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन १, सरस्वती प्रावि को २ कोठे भवन, भुजीखोला लघु जलबिधुत आयोजनाको ५ वटा शाखामध्ये ४ वटा बगाएको छ ।