
हुम्ला, १७ भदौ । जिल्लाको सर्केघाड गाउँपालिका ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।
एक घरबाट शुरु भएको आगलागीबाट अहिले १५ भन्दा बढी घर जलेर नष्ट भएको आगालागीस्थलबाट स्थानीयवासी धर्मराज शाहीले बताए ।
बेलुकी करीब ६ बजेतिर एक्कासि गाउँमा आगलागी भएको जनाइएको छ । नियन्त्रणका लागि गाउँका सबै गए पनि केही गर्न नसकिएको बताइएको छ। पानीको हाहाकार भएकाले निभाउन सकिएको छैन । –रासस















प्रतिक्रिया