७ कार्तिक २०८३, शनिबार

प्रदेश २ मा थप एक कोरोना संक्रमितको मृत्यु, थप २५० मा संक्रमण

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ भदौ । प्रदेश नं. २ मा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाराको सिम्रौनगढ नगरपालिका ९ घर भएका ९७ वर्षीय वृद्धको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा यससँगै मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

त्यस्तै, वुधबार प्रदेशमा थप २ सय ५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तीमा थपिएका संक्रमितहरु धनुषामा १२ महिलासहित ५८ जना, महोत्तरीमा ८ महिलासहित २९ जना, सिरहामा २ महिलासहित १३ जना, बारामा २५ महिलासहित ५२ जना, पर्सामा ४ महिलासहित १४ जना, सर्लाहीमा ८ महिलासहित ५१ ज्ना, सप्तरीमा २ महिलासहित १५ जना र रौतहटमा ५ महिलासहित १८ जना रहेका छन् ।

योसहित प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १० हजार ५ सय ५६ पुगेको छ । जसमध्ये ५ हजार ७१ जना निको भएका छन् ।
वुधबार प्रदेशमा थप ८३ जना कोरोनामुक्त भएका छन् ।