७ कार्तिक २०८३, शनिबार

सत्तरी करोड कमिशन काण्डमा अख्तियारले मिश्रलाई बयानमा बोलायो

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजयप्रकाश मिश्रलाई सात दिनभित्र हाजिर हुन सूचना निकालेको छ ।

अख्तियारले बुधबार सूचना जारी गरेर सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाई गरेको भन्ने समेतको विषयको अनुसन्धानको सिलसिलामा तपाईसँग केही बुझ्नुपर्ने भएकोले यो म्याद सूचना प्रकाशित भएको छ’, अख्तियारको सूचनामा भनिएको छ ।

‘यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृत सक्षम सम्पर्क राख्न आउनु होला, नआए कानून बमोजिम भई जानेछ’, सूचनामा भनिएको छ ।

मिश्र पछिल्लो समय जापानमा रहेको केही सञ्चारमाध्यमहरूले समाचार लेखेका थिए । उनै मिश्रले ७० करोड घुस मागेको अडियो टेप सार्वजनिक गरेपछि गोकुल बास्कोटाले सञ्चार, सूचना तथा प्रविधि मन्त्री पद गुमाउनु परेको थियो ।