१ कार्तिक २०८३, शनिबार

कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा बैंक स्थापना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १६ भदौ । कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा बैंक स्थापना गरिएको छ ।

प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचारका लागि बुटवलमा प्लाज्मा बैंक स्थापना गरिएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५ को समन्वयमा बुटवलको रक्त सञ्चार केन्द्रमा प्लाज्मा बैंक स्थापना भएको बताइएको छ ।

कोरोना संक्रमणबाट गम्भीर स्वास्थ्य समस्या देखिएका बिरामीलाई संक्रमणमुक्त स्वस्थ व्यक्तिले रगत दिएर गरिने उपचारका लागि प्लाज्मा संकलन गर्न प्लाज्मा बैंक स्थापना गरिएको हो ।

कोरोना संक्रमित व्यक्ति निको भएको १४ दिन पुगेपछि उसले दिने रगतबाट आरबीसी, डब्ल्यूबीसी र प्लेटलेट्स छुट्याएर बाँकी रहेको रगतको अंश अर्थात प्लाज्मा जटिल अवस्थामा कोरोना संक्रमितलाई दिँदा निको भएकाले नेपालमा पनि यो विधि प्रयोगमा ल्याइएको छ ।