१ कार्तिक २०८३, शनिबार

प्रणव मुखर्जीको निधनबाट मैले अभिभावक गुमाएँ : सुनिल थापा

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । संविधानसभा सदस्य एवं पूर्वमन्त्री सुनिलबहादुर थापाले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनबाट आफूले एक अभिभावक गुमाएको बताएका छन् ।

हाल कांग्रेसका नेता समेत रहेका थापाले मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्दै आफूले अभिभावक गुमाएको बताएका हुन् । मुखर्जी आफ्ना पिता स्व. सूर्यबहादुर थापाको अभिन्न मित्र भएको र उनको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

‘मेरा पिताको २०७२ साल वैशाख २ गते भएको असामयिक निधनमा पूर्वराष्ट्रपति महममहिम मुखर्जीबाट व्यक्त सान्त्वना एवं समवेदनका शब्दहरुले धैर्यधारण गर्नमा आफूलाई बल पुगेको अनुभव ताजै छ’, उनले आफ्नो वक्तव्यमा भनेका छन् ।

मंगलबार एक शोक वक्तव्य जारी गर्दै नेता थापाले मुखर्जीको निधनबाट भारतले एक कुशल, दूरदर्शी तथा सच्चा राजनेता गुमाएको तथा नेपालले नेपाल र नेपालीको सदा हित रुचाउने असल मित्र गुमाएको उल्लेख गरेका छन् ।

दुःखको घडीमा भारत सरकार, भारतीय जनता, भारतीय कांग्रेस पार्टी र मुखर्जीपुत्र अभिजित मुखर्जी एवं सम्पूर्ण परिवारप्रति उनले समवेदनसमेत प्रकट गरेका छन् ।