१ कार्तिक २०८३, शनिबार

कोरोना भाइरसको खोप तत्काल नेपालमा परीक्षण नहुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । कोरोना भाइरससम्बन्धी दोस्रो चरणको खोप नेपालमा तत्काल परीक्षण नहुने भएको छ ।

खोप परीक्षणबापत नेपालले पनि लाभ पाउनुपर्ने सुझाव थुप्रै आउन थालेपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषदले तत्काल खोपको परीक्षण नगर्ने भएको हो । केही दिनअघि झन्डै ८० जना विज्ञसँगको बैठकपछि विस्तृत छलफल र अध्ययनपछि मात्रै खोपको परीक्षणमा सहभागिताबारे टुङ्गोमा पुग्ने निष्कर्ष निकालिएको थियो ।

सोही आधारमा अहिले खोप विकास गरिरहेका संस्थासँग पत्राचार गरेर परीक्षणमा सहभागी हुने इच्छाबारे सोध्ने र तेश्रो चरणको परीक्षणमा रहेका खोप विकास गर्ने संस्था तयार भएमात्रै थप प्रक्रिया अघि बढाइने बताइको छ ।

अहिलेसम्म चीनबाट मात्रै नेपाललाई औपचारिक रूपमा पत्राचार गरिएको परिषद्को भनाइ छ । चीनमा विकास भइरहेको एउटा खोप, ब्रिटेनको अर्क्सफोर्ड विश्वविद्यालयले बनाएको खोप र रुसी खोपको पनि तेश्रो चरणको परीक्षण नेपालमा पनि गर्न कुराकानी भइरहेको बताइएको छ ।

तर, अब परीक्षणका लागि इच्छुक कम्पनीलाई प्रस्ताव पठाइने र नेपाललाई हुने फाइदाबारे छलफल गरेर मात्रै निर्णय लिइने राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा.अञ्जनीकुमार झाले बताएका छन् ।

अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार हाल विश्वमा १२५ वटा कोरोनाभाइरसको खोपबारे अनुसन्धान भइरहेको छ जसमध्ये ३६ वटा मानवमा परीक्षण भइरहेका छन् ।