
काठमाडौं, १६ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वयंसेवकका लागि आवेदन माग गरेको छ ।
आइसोलेसन र क्वारेन्टिनमा रहेका कोरोना संक्रमितहरूको सेवामा खटिन इच्छुक स्वयंसेवकलाई आवेदन दिन मन्त्रालयले आह्वान गरेको छ । संक्रमितहरूको स्वास्थ्य सेवामा स्वेच्छाले खटिने गरी नर्स, चिकित्सक, प्यारामेडिक्स र सेवानिवृत्त भएका अन्य स्वास्थ्यकर्मीहरुले आवेदन दिन पाउने छन् ।
इच्छुक आवेदकले मन्त्रालयको वेबसाइटमार्फत ३ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ । अनलाइन आवेदनको संख्याका आधारमा मागसंख्या निर्धारण गरिने मन्त्रालयले बताएको छ ।















प्रतिक्रिया