
रौतहट, १६ भदौ । भारतमा एक जना नेपालीको गोली हानेर हत्या गरिएको छ ।
रौतहटको इशनाथ नगरपालिका–७ घिउरा गाउँका ३५ वर्षीय दिनदयाल साहको गोली हानी भारतमा हत्या गरिएको हो । सीमावर्ती भारत बिहार घोडाशहन थानाक्षेत्र अन्तरगत लैन बंसवरिया गाउँ नजिकै पोखरी छेउमा साहको कन्चटमा गोली हानी हत्या भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।
मृतकको शव भारत मोतिहारी अस्पतालमा पोष्टमार्टमका लागि भारतीय प्रहरीको सहयोगमा लगिएको उनले बताए । हत्याको कारण भन्ने खुल्न सकेको छैन ।
भारतीय क्षेत्रमा नेपाली नागरिकको हत्याबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबही गर्न पीडित परिवारले माग गरेका छन् । यसअघि रौतहटमा १५ दिनभित्र अन्य ४ जनाको हत्या भएको छ ।















प्रतिक्रिया