
काठमाडौं, १६ भदौ । नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीरगञ्जमा २ जना तथा चितवन र धरानमा १/१ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
वीरगञ्जमा बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुष र पहिचान नखुलेका अन्दाजी ६० वर्षका अर्का पुरुषको मंगलबार बिहान करीब १ घण्टाको अन्तरमा मृत्यु भएको हो । उनीहरुमध्ये एक जना गण्डक कोभिड अस्पताल र अर्काको नारायणी अस्पतालमा मृत्यु भएको हो ।
यस्तै चितवनस्थित चितवन मेडिकल कलेजमा हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको सोमबार राती मृत्यु भएको छ भने सिरहाको मिर्चैया नगरपालिका–६ निवासी कोरोना संक्रमित एक पुरूषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ ।















प्रतिक्रिया