२८ आश्विन २०८३, बुधबार

महिलाको मुखबाट निकालियो चार फिट लामो सर्प (भिडियोसहित)

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसिया । रसियाकी एक महिलाको मुखबाट ४ फिट लामो सर्प निकालिएको छ ।

महिलाको मुखबाट सर्प निकालिएको भिडियो अहिले चर्चाको विषय बनिरहेको छ । चर्चित अनलाइन डेली मेलले सार्वजनिक गरेको सो विषयसम्बन्धीको समाचारमा भनिएको छ, ‘महिला लेभासी गाउँमा रहेको दागेस्तेनस्थित घरको आँगनमा सुतिरहेका बेला उक्त सर्प उनको शरीरभित्र प्रवेश गरेको थियो ।’

महिलाको स्वास्थ्यमा अचानक गडबडी देखिएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । भिडियोमा देखिए अनुसार पञ्जा लगाएका पुरुष डाक्टरले ती महिलाको मुखबाट इन्डोस्कोपीको ट्युब छिराएर सर्प निकालिरहेको देख्न सकिन्छ ।

स्थानीयका अनुसार यस्ता घटना बारम्बार भइरहने भएकाले त्यहाँका ज्येष्ठ नागरिकले युवा–युवतीलाई घर बाहिर नसुत्न सल्लाह दिने गरेको डेलीमेलको सो समाचारमा उल्लेख गरिएको छ ।