१ कार्तिक २०८३, शनिबार

इन्द्रजात्रामा सानिमा बैंकको क्यूआर कोड यात्राको सौगात

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । इन्द्रजात्राको अवसरमा सानिमा बैंकले ‘इन्द्रजात्रा क्यूआर कोडको यात्रा’ योजना ल्याएको छ ।

योजनाअन्तर्गत बैंकका संस्थागत व्यावसायिक खातावाहकहरुले काठमाडौं उपत्यकाको विशेष जात्रा इन्द्रजात्राको दिन डिजिटल कन्ट्याक्टलेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्यूआर कोढका लागि आवेदन दिँदा रू. ५०० बराबरको मोबाइल टपअप उपहारस्वरुप प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।

योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खातावाहकहरुले घरैबाट रजिष्ट्रेसन गर्न सक्ने बैंकले बताएको छ । त्यसका लागि लगइन डट फोनपे डट कममा गएर आवश्यक विवरणहरु बुझाइ यो योजनामा सहभागी हुन सकिने छ ।

यसैगरी बैंकमा खाता नहुनेहरुले पनि यो योजनामा सहभागी हुन बैंकको मार्केटिङ विभागको इमेलमा आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोलेर क्यूआर मर्चेन्ट बन्न सकिने बैंकको भनाइ छ ।

यसरी सहभागी क्यूआर मर्चेन्टले बैंकको तर्फबाट रू. ५०० को मोबाइल टपअप प्राप्त गर्न सक्ने छन् । यो योजना भदौ १६ गते इन्द्रजात्राको दिन काठमाडौं उपत्यकाका लागि मात्र लागू हुने बताइएको छ ।