१ कार्तिक २०८३, शनिबार

कोरोना सङ्क्रमणबाट नेकपाका जिल्ला नेताको निधन

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईंको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।

उनी श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए । उचारका क्रममा आज सोमबार बिहान उनको निधन भएको अस्पतालले जनाएको छ ।

भरतपुर महानगरपालिका–६ केदरबाग निवासी ८७ वर्षीय उनमा भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनको सदस्य थिए ।