१ कार्तिक २०८३, शनिबार

विचार र विधिको वैज्ञानिक संयोजन कम्युनिष्ट पार्टी हो : प्रचण्ड

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार र विधिको वैज्ञानिक संयोजन नै कम्युनिष्ट पार्टीको भएको बताएका छन् ।

खासगरी पार्टी भन्नु नै विचार र विधि हो भन्दै उनले त्यसभन्दा बढी कम्युनिष्ट पार्टीमा विचार र विधिको वैज्ञानिक संयोजन हुने बताएका छन् ।

पार्टीभित्र विभिन्न विषयमा उत्पन्न विवाद यथावत रहकै बेलामा सोमबार पार्टी अध्यक्ष ट्विट गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । ट्विटरमा उनले लेखेका छन्, ‘पार्टी भनेको बिचार र विधि हो । विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन । अझ कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो ।’

कम्युनिष्ट पार्टीभित्रको वर्तमान विवाद पनि विधि र विचारको वरिपरि रहेको दाहालले बताउँदै आएका छन् ।

तर, दाहालको उक्त ट्विटबारे अधिकांशले व्यंग्यात्मक जवाफ दिएका छन् । उनको ट्विमुनिको एउटा प्रतिक्रिया यस्तो छ, ‘पार्टीभित्र विधि, विधान र पद्धतिको कुरो उठाउने अनि आमम निर्वाचनमा पराजित भएका व्यक्तित्वहरु कुन नैतिकताको आधारमा पुनर्गठनको चर्चामा रहेको मन्त्री परिषद्मा जाने आतुरता देखाउँदै हुनुहुन्छ ?’

यद्यपि, कतिपयले भने प्रचण्डमाथि धेरैको भरोसा रहेको प्रतिक्रिया पनि दिएका छन् ।