१ कार्तिक २०८३, शनिबार

बुधबारसम्म फेरि भारी वर्षाको सम्भावना

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । आज सोमबारदेखि आगामी तीन दिनसम्म देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार बुधबारसम्म देशका धेरै स्थानमा हल्कादेखि ठूलो (भारी) सम्म वर्षा हुने सम्भावना औंल्याएको छ ।

महाशाखाको अनुसार सोमबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने सोही राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

यस्तै मंगलबार देशका अधिकांश भूभागमा पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी बुधबार पनि देशका अधिकांश भूभागमा पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एकरदुइ स्थानमा भारी वर्षाको सम्भावना छ ।