१ कार्तिक २०८३, शनिबार

प्रवीणता प्रमाणपत्र तहका सबै स्वास्थ्य शिक्षा कार्यक्रम खारेज

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । आगामी शैक्षिक सत्रदेखि स्वास्थ्य शिक्षा तर्फका प्रवीणता प्रमाणपत्र तहका सबै कार्यक्रमहरु खारेज गरिएका छन् ।

अब विश्वविद्यालय तथा स्वास्थ्य प्रतिष्ठानहरुले नर्सिङ, एचए, फार्मेसी, ल्याब टेक्निसियनलगाएत स्वास्थ्य शिक्षाका कुनै पनि कार्यक्रम प्रवीणता प्रमाणपत्र तहमा सञ्चालन गर्न पाइने छैन ।

चिकित्सा शिक्षा आयोगको २ सातअघि बसेको बैठकले कक्षा १२ सम्म विद्यालय शिक्षा कायम गरिसकेकाले अब विश्वविद्यालय तथा स्वास्थ्य प्रतिष्ठानहरुले प्रमाणपत्र तहका कार्यक्रम सञ्चालन गर्न आवश्यक नरहेको निष्कर्षसहित खारेज गर्ने निर्णय गरेको हो ।

यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटीई)अन्तर्गत सञ्चालन गरिँदै आएको प्रमाणपत्र तह मुनिका सबै कार्यक्रमहरु खारेज भएको छ ।