
काठमाडौं, १५ भदौ । नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो ।
कतिपय जिल्ला प्रहरी कार्यालयका डीएसपीहरु फेरिने क्रममा उपत्यकाभित्र महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रमुख पनि फेरिएका छन् । प्रधान कार्यालयले कालिमाटीमा अपिलराज बोहोरालाई पठाएको छ भने त्यहाँका रुगम कुँवरलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिएको छ ।















प्रतिक्रिया