१ कार्तिक २०८३, शनिबार

भारत र चीनका सेनाबीच दद्दाखमा फेरि झडप

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, १५ भदौ । भारत र चीनका सैनिकबीच लद्दाखमा फेरि झडप भएको छ ।

बीबीसी हिन्दीका अनुसार आइतबार राति सीमा क्षेत्रस्थित पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको हो । चिनियाँ सेनाले सहमति उल्लंघन गर्दै सीमामा यथास्थितिको अवस्था बदल्न खोज्दा भारतीय सेनाले त्यसको प्रतिकार गरेको दाबी गरिएको छ ।

समाचार अनुसार भारतले चिनियाँ सेनासँग झडप भएको बताए पनि चिनियाँ पक्षले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

झडपमा के कति क्षति भयो भन्ने जानकारी पनि प्राप्त भइसकेको छैन । यसअघि गत जुन १५ मा पनि भारतीय र चिनियाँ सेनाबीच हिंसात्मक झडप भएको थियो भने त्यसबेला भारतर्फ २० सैनिकको मृत्यु भएको भारत सरकारले पुष्टि गरेको थियो ।

तर चीनतर्फ के कति क्षति भयो भन्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि हुन सकेको छैन ।