१ कार्तिक २०८३, शनिबार

महामारीकै बीच शुरु भयो ‘कमेडी च्याम्पियन सिजन–२’ को अडिसन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसको महामारी तीव्र बन्दै गइरहेका बेला ‘कमेडी च्याम्पियन सिजन–२’ को अडिसन शुरु भएको छ ।

तर, कोरोना महामारीकै कारण आयोजकले यस पटक डिजिटल अडिसन मात्रै खुल्ला गरेको बताएको छ । अडिसन आगामी असोज १४ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा सहभागीताका लागि प्रतियोगीले कमेडी च्याम्पियनको एपमा गई बढीमा ४ मिनेट ५९ सेकेन्डसम्मको भिडियो अपलोग गर्नु पर्ने छ । यसरी अपलोड भएको भिडियो मध्येबाट कमेडी च्याम्पियनले उत्कृष्ट छानेर रियालिटी शोमा भाग लिने अवसर दिने छ ।

कार्यक्रममा यो पटक पनि निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै रहने भएका छन् भने शो होष्टको जिम्मा रीमा विश्वकर्मालाई नै दिइएको छ ।

कमेडी च्याम्पियनको पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए ।