१ कार्तिक २०८३, शनिबार

गोकर्णेश्वर क्षेत्रमा गुणस्तरहीन पानी बेच्ने २ वटा उद्योग सिल, दुई वटालाई उन्मुक्ति

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । काठमाडौंको गोकर्णेश्वर क्षेत्रमा गुणस्तरहीन पानी बेच्ने ४ वटामध्ये २ वटा उद्योगलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिल गरेको छ ।

सो क्षेत्रका पानी उद्योगहरुको अनुगमन गर्दा गुणस्तरहीन पानी बेचिरहेको पाइएकाले सिल गरिएको हो । अनुगमनका क्रममा पानी उद्योगहरुले इजाजत नलिई, खाद्य अनुज्ञापत्रविना र ट्रेडमार्क दर्ता नगरी गुणस्तरहीन बोरिङ गरेको पानी उत्पादन तथा बेचबिखन गरेको पाइएको छ ।

विभागले डाँफे मिनरल वाटर र गोर्खा वेभरेजलाई सिलबन्दी गरिएको छ भने ब्लूपाइन मिनरल वाटर र सप्रिया ट्रेडर्सलाई बिलबिजक र व्यवसाय दर्ताको कागजातसहित ७ दिनभित्र उपस्थित हुन आदेश दिइएको छ ।