१ कार्तिक २०८३, शनिबार

नाग्मको पहिरोमा परी एकै परिवारका ४ सहित १० जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालीकोट, १५ भदौ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोले ४ वटा घर पुरिँदा एकै परिवारका ४ जनासहित १० जनाको मृत्यु भएको छ ।

पहिरोमा अझै २ जना हराइरहेको बताइएको छ । घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको छ ।

नाग्म बजारको पछाडि आइतबार बिहान पहिरो खस्दा लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर पुरिएको थियो । पुरिएकामध्ये १० जनाको शव आइतबार राती ७ बजेतिर फेला परेको हो ।

शुभकालिका गाउँपालिका–७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका एकै परिवाका ४ जनाको मृत्यु भएको छ । ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा तथा छोराहरू ५ वर्षका नीराजन र डेढ महीनाका अक्कलको मृत्यु भएको हो ।

यस्तै सुर्खेतको भेरीगङ्गा–१० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय ठाइँला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकारको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले बताएको छ ।