शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कलेजाेकाे राेग कसरी थाहा पाउने ?

दैनिक नेपाल २०७७ भदौ १५ गते १०:०५

काठमाडाैं । स्वस्थ मानिसको कलेजोको तौल १.३ देखि १.६ किलोग्राम हुन्छ । शरीरमा भएको विष वा विभिन्न रसायनलाई फिल्टर गरी पित्त उत्पादन गर्छ र दिसा र पिसाबको रुपमा बाहिर फाल्छ ।

कलेजोले ३०० वटा भन्दा बढी काम गर्छ । यसले रगतमा चिनीको मात्रा पनि सन्तुलनमा राख्छ । यसको अर्को महत्त्वपूर्ण कार्य रगत निर्माण गर्नु पनि हो ।

कलेजोमा समस्या आयो भने शरीरका छालाहरू पहेँलो हुँदै जान्छन् । आँखामा पनि पहेँलोपन बढ्दै जान्छ । पिसाबमा पनि पहेँलोपना बढ्दै गयो भने कलेजोको समस्या हुनसक्छ ।

कलेजोको समस्या बढ्दै गयो भने रगत बान्ता हुन थाल्छ । बान्तामा रगतको छिर्का देखियो भने कलेजोको समस्या हुनसक्छ ।

कलेजो अस्वस्थ भयो भने हातगोडा सुन्निन थाल्छ । पेटभन्दा तल पनि सुन्निएको महसुस हुन्छ । यदि हातगोडा धेरै नै सुन्निन थाल्यो भने कलेजोको अवस्था खतरनाक स्थितीमा पुगेको भन्ने बुझ्नुपर्छ ।

परिश्रम गर्नुपर्ने काम नै नगरी बारम्बार थकान र कमजोरी महसुस हुन्छ । त्यस्तै निन्द्रा पनि कम लाग्न थाल्छ भने कलेजोको समस्या हुनसक्छ । त्यसैले यस्ता लक्षणहरु देखिए भने तुरुन्त डाक्टरको सल्लाह लिनुपर्छ ।

खान मन लाग्दा लाग्दै पनि कुनै पनि खानाको स्वाद थाहा हुँदैन । त्यसैगरी बारम्बार स्वाद फरक लाग्ने र मुखबाट अर्कै गन्ध आउन थाल्यो भने कलेजोको समस्या हुनसक्छ त्यसैले समयमै उपचार गराउनुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित