शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

याे हाे डायबिटिजका रोगीहरूले पनि खान मिल्ने चिनीभन्दा गुलियो पदार्थ

दैनिक नेपाल २०७७ भदौ १५ गते ९:५९

लण्डन । डायबिटिजका रोगीहरूले चिनी खान नपाए पनि त्योभन्दा कैयौ गुना बेसी गुलियो पदार्थ स्याकरीन (Saccharin) निर्धक्क खान सक्छन् ।

उनीहरूले त्यो स्याकरीन खाएर आफ्नो गुलियो खाने तलतललाई मेटाउन सक्छन् । स्याकरीन चिनी जस्तो सेतो, पारदर्शी दानादार सिन्थेटिक पदार्थ हो ।

यसको अणुसुत्र C6H4CONHSO2 हुन्छ । यो उखुभन्दा ५५० गुना बेसी र शुद्ध चिनीभन्दा ३७५ गुना बेसी गुलियो हुन्छ ।

यो कोलतारमा हुने टोल्युएन (Toluene) नाम गरेका रङ्गहीन हाइड्राकार्बनबाट बनेको हुन्छ । स्याकरीनको आविष्कार कुनै खास अनुसन्धानबाट भएको थिएन । यो त संयोगवश, अझ भनौं, दुर्घटनावश भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित