बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

हलिउड अभिनेता बोजम्यानको क्यान्सरबाट निधन

दैनिक नेपाल २०७७ भदौ १३ गते ९:१३

लसएन्जलस । क्यान्सरबाट हलिउड अभिनेता चाडविक बोजम्यानको निधन भएको छ ।

चलचित्र ब्ल्याक प्यान्थरमा निर्वाह गरेको भूमिकाका कारण लोकप्रिय बनेका अभिनेता बोजम्यानको ४३ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको अमेरिकी सञ्चामाध्यमले उल्लेख गरेका छन् ।

बोजम्यानको क्यान्सरका कारण निधन भएको हो । लस एन्जलस स्थित घरमा उनको निधन भएको र निधनका बेला श्रीमती र परिवारका सदस्य उनको छेउमा रहेको जनाइएको छ ।

बोजम्यानले क्यान्सर लागेको बारे सार्वजनिक रुपमा केही बताएका थिएनन्।

मार्शल, डा ५ ब्लड्स, ब्ल्याक बटमसहितका चलचित्रहरु क्यान्सरबाट मुक्त हुनका लागि गरिएका शल्यक्रिया तथा किमोथेरापीको क्रममा छायाँकन भएको परिवारले जानकारी गरेको वक्तव्यमा उल्लेख छ। उनी सच्चा योद्धा रहेको वक्तव्यमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित