शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

हलिउड अभिनेत्री वेनेसाको लुक्सको चर्चा

दैनिक नेपाल २०७७ भदौ १२ गते १०:५९

लसएञ्जलस । हलिउड अभिनेत्री वेनेसा हेजेन्स हमेशा लुक्सका कारणले चर्चामा रहने गर्दछिन् । त्यसैले त उनी घरबाट बाहिर निस्कने बितिकै मिडियाको क्यामरमा कैद हुन्छिन् ।

केही दिन अगाडि पनि उनी लस एन्जलको सडकमा देखिएकी थिइन् । जहाँ उनको सुन्दर तस्बिर खिचिएको छ । जुन तस्बिर इन्टरनेटमा भाईरल भइरहेका छन् ।

लुक्सको कुरा गर्ने हो भने अभिनेत्री वेनेसा न्युड कलरको डीप नेक ड्रेसमा देखिएकी थिइन् । यो ड्रेसमा उनले ब्राउन कलरको स्यान्डल लगाएकी छन् । गलामा उनले निलो रंगको नेकलेस, मुखमा कालो माक्स र म्यासी हेरयर स्टाइल समेत देख्न सकिन्छ । यी सबैले उनको लुक्सलाई परफेट बनाएको छ । यो लुक्समा उनले तस्बिरका केही पोज समेत दिएकी छन् ।

कोरोनाको कारणले काम प्रभावित भएपछि केही विश्राममा रहेकी उनी अहिले काममा फर्किएकी छन् । पछिल्लो समय भने उनी फिल्म ‘बेड ब्वाई फोर लाइफ’मा देखिएकी थिइन् भने उनको आउदो फिल्म ‘द प्रिन्सेस सविच सविचड’ हो ।

प्रतिक्रिया
सम्बन्धित