३ कार्तिक २०८३, मंगलबार

रंग भेदका कारण धेरै फिल्म मसँग खाेसियाेः नायिका समीरा रेड्डी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायिका समीरा रेड्डी रंग विभेदमा परेकाे बताएकी छिन् ।

बलिउडमा मैने दिल तुझको दिया, प्लान, मुसाफिर, दे दनादन, नो इन्ट्रीसहित विभिन्न फिल्ममा नायिका बनेर काम गरेकी समीराले आफू काली भएकै कारण थुप्रै फिल्म खोसिएको बताएकी छिन् ।

‘बलिउडमा नेपोटिज्म अर्थात् नातावादका कारण अन्य कलाकारले काम नपाउने गरेको बताइन्छ’, उनले भनेकी छिन्, ‘यहाँ रंग भेदका कारण मैले थुप्रै फिल्म गुमाउनुपरेको छ ।’

बलिउडका आमनायिकाको तुलनामा उनी केही काली छिन् । त्यसैले आफूलाई ध्वाँसी भनेर केही फिल्मबाट निकालेको पनि उनले बताएकी छिन् ।

‘मलाई ध्वाँसी अर्थात् काली, धेरै अग्ली भनेर फिल्मकर्मीले नै काम नदिएका थुप्रै घटनाहरू छन्’, उनले भनेकी छिन्, ‘म उनीहरूको नाम लिएर यहाँ मन दुखाउन चाहन्न ।’

आफूलाई यसरी रंग विभेद गर्दा त्यस्तो समय निकै दुःख लाग्ने गरेको समीराले बताएकी छिन् ।