शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नायिका सोनाक्षी सिन्हाले विराेधीलाई जेल पुर्‍याइन्

दैनिक नेपाल २०७७ भदौ ९ गते ६:५०

मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले सामाजिक सञ्जाल छाड्दा पनि घोचपेज सहनुपरेको छ ।

आफूलाई सामाजिक सञ्जालमा जवाभावी लेख्नेलाई उनले प्रहरी हिरासतमा पुर्‍याएकी छन् ।

सामाजिक सञ्जालबाट महिलामाथि हुने हिंसाविरुद्ध उनले एउटा भिडियो बनाएर सार्वजनिक गरेकी थिइन् ।

उनको त्यो साइबर पुलिङसम्बन्धी भिडियोलाई धेरैले रुचाए पनि केहीले टिप्पणी गरेका थिए ।

महाराष्ट्रका शशिकान्त गुलाब जाधवले अभिनेत्री सोनाक्षीको भिडियोलाई गलत तरिकाले प्रचार गरी उनीमाथि सामाजिक सञ्जालमा विभिन्न आपत्तिजनक शब्दहरू प्रयोग गरे ।

शशिकान्तको सो कार्य नरोकिएपछि अभिनेत्री सोनाक्षीले गत ७ अगस्टमा मुम्बईको क्राइम ब्रान्चमा ती व्यक्तिविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले ती व्यक्तलाई यतिबेला पक्राउ गरेर हिरासतमा राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित